इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा !

असार, काठमाडौं । आयोजक इङ्ग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा दक्षिण अफि्रकालाई ७ विकेटले पराजित गर्दै इङ्ग्ल्याण्ड उपाधि नजिक पुगेको हो ।

पहिले व्याटिङ गरेको दक्षिण अफि्रकाले ३८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ७५ रन बनायो । उसका लागि डेभिड मिलरले अविजित ५६ रन बनाए । उसलाई सस्तैमा समेट्ने क्रममा स्टुवार्ड ब्रोड र जेम्सले समान ३-३ विकेट लिए ।
जवाफमा इङ्ग्ल्याण्डले ३८ ओभरमा मात्र ३ विकेटको क्षतिमा जित हात पार्‍यो । उसका लागि जोनाथन ट्रटले ७८ र जोए रुटले ४८ रन बनाए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.