१२ कक्षा पढ्ने युवतीको चट्याङले ज्यान गयो
तानसेन — पाल्पा जिल्लाको सोमादी गाविस–९ की १८ वर्षीया सरिता थापाको आज चट्याङ लागेर ज्यान गएको छ। घरमै रहेका समयमा चट्याङ परेर घाइते बनेकी उनको उपचारका लागि तानसेन ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। थापा गङ्गा उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययन गर्दै आएकी थिइन्। यसैगरी सुनसरी जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा रहेको हरिपुर गाविसको दुई अलगअलग स्थानमा आज बिहान परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। चट्याङ लागेर महेन्द्र मुखिया र योगेन्द्र यादवको मृत्यु भएको हो। चट्याङ लागेर महेन्द्र मुखियाकी पत्नी जङ्ग्री मुखिया गम्भीर घाइते भएकी छिन्। चट्याङ लागेर मृत्यु भएकाहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको पनि प्रहरीले जनाएको छ। घाइतेको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ। खेतमा काम गरिरहेको अवस्थामा मुखिया दम्पतीलाई चट्याङले लागेको थियो भने योगेन्द्र यादव बाटोमा हिँडिरहेको अवस्थामा चट्याङ लागेको थियो। रासस
|
0 comments
Write Down Your Responses