पीडितहरू भन्छन्, ‘६० लाख राहत लिँदैनौँ’
चितवन : चितवनको बाँदरमुढे घटनाका पीडितले सरकारले राहतस्वरूप उपलब्ध गराउने भनिएको ६० लाख रुपियाँ नलिने भएका छन् । आºनो मनखुसीमा खर्च गर्न नपाउने भएपछि राहत रकम नलिने निर्णय गरिएको बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिएका छन् । फागुनमा माडी महोत्सव उद्घाटनका लागि आएका बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बाँदरमुढे घटनाका पीडितले स्वविवेकले खर्च गर्न सक्ने गरी सरकारका तर्फबाट ६० लाख उपलब्ध गराउने घोषणा गरेका थिए । पीडितहरूले आºनो ढंगले गाई–बाख्रापालन, औषधोपचारलगायत काममा राहत रकम खर्च गर्न चाहे पनि सरकारी निर्देशिकामा त्यसरी खर्च गर्न पाइने व्यवस्था नभएको भन्दै जिल्ला विकास समितिले रकम उपलब्ध गराएको थिएन । यसैबीच, यस वर्ष पनि संघर्ष समितिले बाँदरमुढे घटनाको स्मृतिमा शोकसभा गर्ने भएको छ । २३ जेठमा नवौँ वार्षिक शोकसभा गर्न लागिएको समितिका उपाध्यक्ष अधिकारीले जानकारी दिए । शोकसभामा सहभागी हुन एमाले नेता केपी शर्मा ओली, पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल, मानवअधिकारकर्मी सुवोध प्याकुरेल, कनकमणि दीक्षितलगायत आउने आयोजकको भनाइ छ । २३ जेठ ०६२ मा माओवादीले थापेको विद्युतीय धरापमा परी ३८ जनाको ज्यान गएको थियो भने ७५ जना घाइते भएका थिए ।
|
0 comments
Write Down Your Responses