बम बिष्फोटमा तीन बालबालिका घाइते
सिराहा, २२ जेठ । सिराहा जिल्लामा सकेट बम खेलाउने क्रममा विष्फोट हुँदा तीन बालबालिका गम्भीर घाईते भएका छन् ।बडहरामाल–१ मा हिजो (बुधबार) विहान सकेट बम विष्फोट भए पछि छर्रा लागेर रेनु मुखियाकी ११ बर्षीया छोरी किरण मुखिया, ९ बर्षीय छोरा सन्तोष मुखिया तथा भुरन मुखियाका १२ बर्षीय छोरा सर्वजित मुखिया गम्भीर घाइते भएका हुन् ।
सकेट बम रेनु मुखियाको घरमा बच्चाहरुले खेलाउने क्रममा विष्फोट भएको प्रहरीले जनाएको छ ।
स्थानीय राजेश बानियाको बारीमा सुतली बम फेला पारेर बालबालिकाले पटका भनी घरमा ल्याई दलानमा राखेर तातो खरानी हालेर कचौराले छोप्दा पड्केको प्रहरी भनाई छ ।
उनीहरुलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ । घाइते मध्ये सर्वजित मुखियाको अवस्था गम्भीर छ ।
|
|


0 comments
Write Down Your Responses