फेसबुकबाट ६० लाखका गोप्य सूचना चुहिए !

न्युयोर्क — फेसबुक अकाउन्ट खोल्ने बेलामा इमेल र फोन जस्ता व्यक्तिगत विवरण भरेको सम्झनुहुन्छ? हो त्यस्ता निजी सूचना फेसबुकबाट चुहिएका छन्। फेसबुकको डाटा आर्काइभमा आएको गडबडीका कारण करिब ६० लाख प्रयोगकर्ताका व्यक्तिगत विवरण सार्वजनिक भएका छन्। फेसबुक प्रोग्रामिङको गल्तीका कारण प्रयोगकर्ताको इमेल, फोन नम्बर सार्वजनिक भएको हो।



फेसबुकले भनेको छ अहिलेसम्म यसरी सार्वजनिक भएको व्यक्तिगत विवरणको दुरुपयोग भएको सूचना पाइएको छैन। 'फेसबुक पोग्रामिङमा आएको यो गल्तीका कारण हामी हैरान र दुःखी छौं', फेसबुकले भनेको छ- 'गल्ती पत्ता लाउने बाहिरिया प्रोग्रामरलाई ठूलो राशिको पुरस्कार दिइएको छ।'

फेसबुकमा व्यक्तिगत विवरणको सुरक्षाको सधैँ एउटा ठूलो मुद्दा बन्दै आएको छ। फेसबुकले गल्ती स्वीकार्दै अपलोड गरिने 'कन्ट्याक्ट लिष्ट' तथा 'एड्रेस बुक' व्यवस्थित गर्ने सिलसिलामा यो गल्ती भएको उल्लेख गरेको छ। यद्यपि फेसबुक 'कन्ट्याक्ट लिष्ट' प्रयोगकर्ताका सम्पर्क जानकारीका विश्लेषण गर्न सक्छ र नयाँ साथी 'एड' गर्न भन्न सक्छ।

फेसबकु अकाउन्ट खोल्ने प्रक्रियाका बेला इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत जानकारी जम्मा गर्छ। असावधानीबस ती सूचना पनि कन्ट्याक्ट् लिष्ट तथा एड्रेस बुकमा अपडेट भए। फेसबुकका अनुसार जब प्रयोगकर्ताले अफ्नो प्रोफायल जानकारी डाउनलोड गरे तब सम्पर्क एवं ती उनीहरुलाई सेयर नगरिएका अन्य जानकारी पनि एकै साथ डाउनलोड भएर आए।

यो गल्तीपछि करिब ६० लाख प्रयोगकर्ताका निजी सूचना यसरी सार्वजनिक भए। तर पहिलै चिनेका मान्छहरुबीच नै त्यस्तो विवरण पुगेको भन्दै फेसबुकले यसबाट ठूलो असर नपरेको दाबी गरेको छ। फेसबुकले भनेको छ अहिलेसम्म यसरी सार्वजनिक भएको व्यक्तिगत विवरणको दुरुपयोग भएको सूचना पाइएको छैन।

यो गल्ती अहिले फेसबुकले सच्याइसकेको छ। फेसबुकको यो गल्तीलाई 'व्हाइट हट' कार्यक्रमसँग सम्बन्धित प्रोग्रामरले सर्वजनिक गरेका थिए। यो कार्यक्रम फेसबुक कोडिङका गल्ती तथा कमजोरी औंल्याउने गर्छ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.