फेरी अर्को माओबादी गठन !

२० जेठ, काठमाडौं । न्वारानको नाम लुकाएर नक्कली नाममा भूमिगत पार्टी खडा गर्ने, पर्चा छर्ने र चन्दा आतंक मच्चाउने प्रचलन नेपालमा नयाँ होइन । यही चलनलाई निरन्तरता दिँदै केही व्यक्तिले हालै माओवादी नामको अर्को भूमिगत पार्टी खोलेको भन्दै पर्चाबाजी गरेका छन् । अहिलेको गणतन्त्र नक्कली भएको भन्दै नेपाल संघीयता यूवा कम्युनिष्ट पार्टी माओवादी नामको नयाँ पार्टी गठन गरेको घोषणा गरिएको छ । ‘युवा भनेको युद्धको गोटी, युद्धको ढाल मात्र हुन् भन्ने गरिएको हुँदा महिला, दलित, जनजाति, मधेसी र मुस्लिमका नाममा मिठो नारा दिएर धमिलो पानीमा माछा मार्न पल्केका नेताहरु सिटामोल नपाएर मर्ने र भोकमरीका कारण आमाले सन्तानसहित आत्महत्या गर्नुपरेको यथार्थलाई निकास दिनको लागि रुकुम, रोल्पा र खाराको आलो घाउलाई मलमपट्टी लगाउन लखन थापा, दिलबहादुर रम्तेल, सुरेश वाग्ले लगायतका शहिदहरुको सपना पूरा गर्न लम्बिँदो संक्रमणकाल र खस्किँदो संविधानसभाको सुसाशनको अवस्थालाई न्युनीकरण गर्नका लागि दलगत स्वार्थलाई नेताहरुले कदापी परित्याग गरेनन्’ नयाँ माओवादीले जारी गरेको अपीलमा उल्लेख छ ।

नयाँ जन्मेको माओवादीले पनि वैद्य माओवादीले जस्तै खिलराज रेग्मी सरकार बिघटन हुनुपर्ने माग गरेको छ । यस्तै अवकाश भई घर फर्किएका लडाकुलाई रोजगारको व्यवस्था गर्न माग गरेको छ । एकीकृत माओवादी र वैद्य माओवादीले जस्तै नयाँ माओवादीले पनि आफूलाई गौरवशाली पार्टीको संज्ञा दिएको छ । ‘हाम्रो गौरवशाली पार्टीलाई दमन गरेमा फौजी कार्वाही समेत गरिनेछ’ विज्ञप्तिमा धम्की दिइएको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.