नेपाल चिनाउने 'फलानो' टिसर्ट
२० जेठ, काठमाडौं । राजेश केसी, सृजनात्मक र चोटिला कार्टुन बनाउने परिचित
नाम । नागरिक दैनिकमा ‘फलानो’ शीर्षकमा कार्टुन बनाउने केसी सिपालु फोटो
पत्रकारसमेत हुनुहुन्छ । राजनीतिक तथा सामाजिक विकृति, विसंगतिलाई
कार्टुनको माध्यमबाट झटारो हान्न खप्पिस कार्टुनिष्ट केसीलाई अब कपडा
व्यापारीको रुपमा पनि देख्न पाइने भएको छ ।
गुणस्तरीय नेपाली कपडाको अभाव देखें मैले, त्यसैले नेपाली मौलिकपन र गुणस्तर कायम हुनेगरी पोशाक बनाउन लागेको हो’ केसीले अनलाइनखबरसित भन्नुभयो-’आफूभित्र भएको सृजनालाई कपडा मार्फत पनि व्यक्त गर्ने योजना छ ।’
गुणस्तरीय नेपाली कपडाको अभाव देखें मैले, त्यसैले नेपाली मौलिकपन र गुणस्तर कायम हुनेगरी पोशाक बनाउन लागेको हो’ केसीले अनलाइनखबरसित भन्नुभयो-’आफूभित्र भएको सृजनालाई कपडा मार्फत पनि व्यक्त गर्ने योजना छ ।’
मध्यमवर्गका युवाहरुलाई लक्षित गरी तयार
पारिएको पोशाकले बिदेशमा नेपाल चिनाउन ठूलो मद्दत पुग्ने उहाँको विश्वास छ ।
‘विदेश जानेले किनेर लैजान्छन् र विदेशमा बस्दा पनि लगाउँछन् भन्ने मेरो
विश्वास छ’ केसीले भन्नुभयो-’नेपालमा बस्नेले त झन यसै मन पराउँछन् भन्ने
लागेको छ ।’
केसीले शुरुमा बिभिन्न साइजका टिसर्ट तयार
पार्नुभएको छ । भारतबाट कच्चा पदार्थ ल्याएर उहाँ आफैंले आफ्नो डिजाइनमा
टिसर्ट तयार पार्नुभएको हो । टिसर्ट तयार भएपछि त्यसमा उहाँले नेपाली
मौलिकपन झल्कने बिभिन्नखाले कार्टुन बनाउनुहुन्छ । ‘यस्ता कार्टुन पि्रन्ट
भएका केही टिसर्ट तयार भैसकेका छन्’ केसीले भन्नुभयो ।
केही दिनमै बजारमा
पत्रिकामा छापिने कार्टुनमा जस्तै केसीले
पोशाकलाई पनि ‘फलानो’ नामको ब्रान्ड दिनुभएको छ । नेपाली मौलिकपन झल्कने
गरी केही टिसर्टमा कार्टुन पि्रन्ट भैसकेकाले केही दिनमै बिक्रीका लागि
राखिने केसीले जानकारी दिनुभयो । ‘१०/१५ दिनभित्र सुन्धाराको सिभिल ट्रेड
सेन्टरमा टिसर्ट किन्न पाइन्छ’ केसीले भन्नुभयो । बच्चाहरुको लागि ७ सय र
बयस्कका लागि एकहजार रुपैंयाभन्दा माथिका टिसर्ट तयार भएको उहाँले
बताउनुभयो ।अहिलेलाई टिसर्ट मात्र तयार भएको छ’ केसीले भन्नुभयो-’टिसर्टको माग र
कारोबारको अवस्था हेरेर अरुखाले पोशाक पनि तयार पार्ने योजना छ ।’ केसीले
डेढवर्ष अघिदेखि नेपालीपन झल्कने पोशाक निर्माणको सोचाइ बनाउनुभएको हो ।
0 comments
Write Down Your Responses