मनाङलाई हराउँदै आर्मी समूह विजेता
काठमाडौं । नेपाल आर्मी क्लब मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै
समूह विजेताको रूपमा गोर्खा कप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार भएको समूह सीको अन्तिम खेलमा
मनाङलाई एक सून्य गोलअन्तरले पराजित गर्दै आर्मी समूह विजेता बनेको हो ।
आर्मीका लागि खेलको ६० औँ मिनेटमा टंक
बस्नेतले गरेको गोल नै निर्णायक बन्यो । जितसंगै आर्मी ३ खेलवाट ९ अंक
जोड्दै समूह विजेता र मनाङ समान खेलवाट ६ अंक जोड्दै समूह उपविजेताका रुपमा
क्वाटर फाइनल प्रवेश गरेको हो ।
|
0 comments
Write Down Your Responses