मनाङलाई हराउँदै आर्मी समूह विजेता

काठमाडौं । नेपाल आर्मी क्लब मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै समूह विजेताको रूपमा गोर्खा कप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार भएको समूह सीको अन्तिम खेलमा मनाङलाई एक सून्य गोलअन्तरले पराजित गर्दै आर्मी समूह विजेता बनेको हो ।
आर्मीका लागि खेलको ६० औँ मिनेटमा टंक बस्नेतले गरेको गोल नै निर्णायक बन्यो । जितसंगै आर्मी ३ खेलवाट ९ अंक जोड्दै समूह विजेता र मनाङ समान खेलवाट ६ अंक जोड्दै समूह उपविजेताका रुपमा क्वाटर फाइनल प्रवेश गरेको हो ।
यस्तै अर्को खेलमा संकटा र टुसाल युथ क्लबले गोलरहित बरावरी खेलेका छन् । बराबरीसंगै समान खेलवाट १-१ अंक जोडेका दुबै क्लब पहिलो चरणवाटै बाहिरिएका छन् । यसअघि समूह एवाट मच्छिन्द्र र नेपाल पुलिस क्लब र समूह बीवाट थ्रीस्टार र आरसीटी क्लब गोर्खा कप फुटबलको अन्तिम आठमा प्रवेश गरिसकेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.