गोर्खालीको साहसले बेलायत सुरक्षित रहेको हो : बेलायती प्रधानमन्त्री
गोर्खालीको कदर !
११ असार, काठमाडौं । बेलायती प्रधानमन्त्री डेभिट क्यामरुनले भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) लाई पत्र पठाएर बेलायतका लागि गोरखालीले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्नुभएको छ । गत अप्रिलमा गेसोले पठाएको ३ बुँदे माग उल्लेखित पत्रको प्रधानमन्त्री क्यामरुनले दुई महिनापछि लिखित जवाफ दिनुभएको हो ।
‘तपाईले ९ अप्रिलमा पठाउनुभएको पत्रको लागि धन्यवाद, जुन पत्रमा तपाईले भुतपूर्व गोर्खा सैनिक र उनीहरुका परिवारको मुद्दामा हस्तक्षेप गर्न मलाई आग्रह गर्नुभएको थियो ।’ वेलायती प्रधानमन्त्री क्यामरुनले लेख्नुभएको छ- ‘म के भन्न चाहन्छु भने बेलायत सरकार गोर्खा सैनिकले विगत र वर्तमानमा हाम्रो देशका लागि गरेको योगदानलाई उच्च कदर गर्दछ । हाम्रो देशका लागि गोर्खाहरुले गरेको योगदानको म स्वयं पनि अति कदर गर्छु र आभारी छु ।’

0 comments
Write Down Your Responses