११ विद्यार्थी संगठन आन्दोलनमा जाने

जेठ । ठूला चार दल निकट विद्यार्थी संगठनहरुले स्ववियू निर्वाचन हुन नदिएको दावी सहित अन्य ११ विद्यार्थी संगठनहरुले सयुंक्त रुपमा आन्दोलनमा जाने घोषणा गरेका छन् । उनीहरुले ठूला चार विद्यार्थी संगठनविरुद्ध देशव्यापी भण्डाफोर कार्यक्रम गर्ने पनि जनाएका छन् । नेपाल विद्यार्थी क्रान्तिकारी संघ, अनेरास्ववियू छैठौ, अनेरास्ववियू पाँचौ, क्रान्तिकारी विद्यार्थी संगठन, अखिल नेपाल विद्यार्थी यूनियन, अनेरास्ववियू एकीकृत, राप्रविसं, नेपाल विद्यार्थी परिवार, विद्यार्थी मञ्च, मधेसी विद्यार्थी फोरम नेपाल र मविफोने लोकतान्त्रिकले आज पत्रकार सम्मेलन गरि आन्दोलनमा जाने बताएका हुन् । उनीहरुले पूर्व घोषित मितिमै वा जेठ मसान्त भित्र स्ववियू निर्वाचन गर्न दवाव दिने उद्देश्यले आगामी सोमबार त्रिभुवन विश्वविद्यालय घेराउ गर्ने बताए । चार ठूला विद्यार्थी संगठनको कारण स्ववियू निर्वाचन स्थगित भएको भए पनि उनीहरुले त्रिविलाई दोष दिएर उम्किन खोजेकोले त्यसको कडा प्रतिवाद गर्ने पत्रकार सम्मेलनमा बताए । आफूले जित्ने क्याम्पसमा फर्जि भर्ना गराएको र नजित्ने क्याम्पसमा तालाबन्दी गरेर चार ठूला दलले निर्वाचन भाडेको दावी गर्दै ११ विद्यार्थी संगठनहरुले तत्काल स्ववियू निर्वाचन नगरे मुलुकमा फेरि कहिल्यै पनि स्ववियू निर्वाचन हुन नसक्ने दावी गरे ।

0 comments

Write Down Your Responses

Powered by Blogger.