किशोरीलाई सामूहिक बलात्कार गर्ने तीन जना पक्राउ
बागलुङ — बागलुङ जिल्लाको सुखौरा गाविसमा एक किशोरीलाई सामुहिक बलात्कार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय १४ वर्षीया किशोरीलाई बलात्कार गर्ने सुखौरा– ३ का १९ वर्षीय सुमन गिरी, २० वर्षीय अनिल गिरीसहित १४ वर्षीय एक किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ। किशोरीलाई जेठ १४ गते मङ्गलबार दिउँसो १ बजे उनीहरुले बलात्कार गरेको प्रहरी सहायक निरीक्षक शैलेन्द्र खड्काले बताए। पक्राउ परेकालाई बुधबार म्याद थप गरी आवश्यक अनुसन्धान पछि मुद्दा चलाउने प्रहरीले जनाएको छ। पक्राउ परेका किशोरलाई भने अभिभावक वा बालगृहको जिम्मा लगाउने प्रहरीले जनाएको छ। रासस
0 comments
Write Down Your Responses