यू–१६ फुटबलमा नेपाल बंगलादेशसँग भिड्दै

१२ साउन, काठमाडौं । राजधानीमा जारी साफ यू–१६ च्याम्पीयनसिप फुटवलको सेमिफाइनलमा आज नेपाल बंगलादेशसंग भिड्दैछ । त्रिपुरेश्वरस्थित दरशरथ रंगशालामा अपरान्ह ४ बजेपछि हुने खेलमा घरेलु टोली नेपाल बंगलादेशलाई पराजित गर्दै उपाधि नजिक पुग्ने योजनामा छ ।

तुलनात्मक रुपमा नेपाल भन्दा कमजोर भएपछि बंगलादेशलाई कमजोर नआँक्ने प्रशिक्षक बालगोपाल महर्जनले बताए । दुई बर्षअघि रंगशालामै सम्पन्न पहिलो संस्कणमा बंगलादेशलाई २(१ गोलले पराजित गर्दै नेपाल तेस्रो भएको थियो । नेपाल समूह एबाट अपराजित रहदै सेमिफाइनल प्रवेश गरेको हो भने बंलागदेश समूह बीको उपबिजेता टिम हो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.