पोखरीमा डुबेर ४ बालिकाको मृत्यु

१२ साउन, सर्लाही । सर्लाहीको सासापुरमा शनिवार पोखरीमा डुबेर ४ बालिकाको मृत्यु भएको छ । सासपुर ६ मा भैसी चराउन जाँदा माडेटोलमा रहेको सार्वजनिक पोखरीमा पौडी खेलेका ४ जनाको डुवेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा सासापुर ६ का सौदागर साहको १२ बर्षीया छोरी मन्तुर र १० बर्षीया चञ्चला तथा नागेन्द्र महतोकी १३ बर्षकी छोरी शिवकुमारी र फेकन साहकी १२ बषिर्या छोरी पार्वतीकुमारी रहेकी छिन् । भैसी चराउन जाने क्रमम भैसीलाई नुहाउँदै आफु पनि पौडी खेल्ने क्रममा स्थानिय पोखरीमा डुबेको बताइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.