नेपाल साफ यू-१६ फुटबलको फाइनलमा

१२ साउन, काठमाडौं । बंगलादेशलाई पराजित गर्दै नेपाल साफ यू-१६ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली नेपालले बंगलादेशलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । अब उपाधिका लागि नेपालले भारत र अफगानिस्ताबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

त्रिपरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले ८ औं मिनेटमा सुजन लिम्बुको गोलबाट सुरुवाति अग्रता लियो । २० औं मिनेटमा विमल घर्तिमगरले नेपालको अग्रता दोब्बर पारे भने २३ औं मिनेटमा अन्जन विष्टले गोल गरेपछि नेपाल ३-० को अग्रता लिन सफल भयो ।

५६ औं मिनेटमा बंगलादेशले आत्मघाति गोल गर्‍यो भने ५९ औं मिनेटमा सुजनले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल ५-० ले अग्रता लिन सफल भयो । ६५ औं मिनेटमा नेपाली डिफेण्डरहरुको गल्तीको फाइदा उठाउँदै बंगलादेशले सात्वना गोल गर्‍यो । खेलमा थप गोल हुन सकेन र नेपाल ५-१ को फराजिलो जितका साथ फाइनलमा प्रवेश गरेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.