गर्भपतन गराउने एकतिहाइ अविवाहित

२ असार, काठमाण्डौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पछिल्लो तीन महिनामा प्रतिमहिना झन्डै तीन सय महिला सर्जिकल गर्भपतन गराउन आउँछन् । तीमध्ये करिब ९० जना अविवाहित रहेको अस्पतालको तथ्यांक छ ।
स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाको तथ्यांकअनुसार प्रतिवर्ष करिब आठ लाख महिला गर्भवती हुन्छन् । यीमध्ये करिब ३० प्रतिशत अर्थात दुईलाख ५० हजारले गर्भपतन गराउँछन् । तिनमा एकतिहाइ महिला अविवाहित रहेको गर्भपतन गराउने सरकारी तथा गैरसरकारी संस्थाले जनाएको नयाँ पत्रिकामा खबर छ ।
‘बिदाको दिनबाहेक दैनिकजसो औसत १० महिला गर्भपतन गराउन आउँछन्, ती मध्ये करिब तीन जना अविवाहित नै हुन्छन्,’ प्रसूतिगृहको सुरक्षित गर्भपत युनिटकी प्रमुख हरिदेवी महर्जन भन्छिन् । अस्पतालका अनुसार अधिकांश २४ बर्षभन्दा कम उमेरका किशारी गर्भपतन गराउन जाने गरेका छन् ।
प्रसूतिगृहकै क्याक युनिटमा कार्यरत एक नर्सका अनुसार अविवाहितमध्ये प्लस टु अध्ययनरत हुन्छन् । ‘प्लस टु तथा कलेज पढ्ने उमेरका केटी आउँछन् । केही केटासाथी लिएर आउँछन्, अनि कोही कोही चाँही केटी साथी लिएर आउँछन्,’ ती नर्स भन्छिन्, ‘एबोर्सन गराउनुअघि फारम फराउँदा विवाहित कि अविवाहित भनेर छुट्टयाउनु पर्छ । त्यसैबाट थाहा हुन्छ सहरमा अविवाहित केटी पनि असुरक्षित यौन सम्पर्क गर्दा रहेछन् ।’

भिडियोको लागी तल क्लिक गर्नुहोला
स्रोत  : अनलाइनखबर

0 comments

Write Down Your Responses

Powered by Blogger.