बोक्सीको आरोपमा दुई महिलाको हत्या

३१ जेठ, भारत । भारतको पूर्वी राज्य झारखण्डमा बोक्सीको आरोपमा दुई महिलाको हत्या भएका छन् । उनीहरुले बोक्सीको तन्त्रमन्त्र गरेको भन्ने आरोप लगाई हत्या गरेका बताइएको छ । मारिने सासु बुहारी हुन् । हत्यामा महिलाकै संलग्नता रहेको छ । उनीहरुले हालैमात्र बिरामी भएर केही बालबालिकाको मृत्यु भएकाले त्यसमा सासु बुहारीको हात रहेको आरोप लगाएका थिए । उनीहरुले रातिको समयमा आई ती सासु बुहारीलाई पिटेका थिए । हातैमा लिएर आएका लौराले ती महिलालाई पिटेका बताइएको छ । सोही पिटाइबाटै उनीहरुको हिजो राति नै ज्यान गएको प्रहरीले बताएको छ । प्रहरीले सो हत्यामा संलग्न महिलालाई नियन्त्रणमा लिएको बताएको छ । झारखण्डको कारोण्डा जोर भन्ने गाउँमा हत्या काण्ड भएको थियो । प्रहरीले मृतकका परिवारका उजुरीका आधारमा सो गाउँका १९ जना गाउँलेलाई पक्राउ गरेको बताएको छ । बितेको पाँच वर्षमा असाम र गुवाहाटीमा मात्र कम्तीमा पनि २०० जनालाई बोक्सीको आरोपमा हत्या गरिएको समाचार सार्वजनिक गरिएको थियो । रासस/एएफपी भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.