चुनाव बिथोल्न वैद्य माओवादीले सैन्य तालिम दिँदै
१३ असार, काठमाण्डौं । सरकारले घोषणा गरेको संविधानसभा निर्वाचन बिथोल्न नेकपा–माओवादीले सैन्य तालिम सुरु गरेको छ । पोलिटब्युरोका एक सदस्यका अनुसार आफूहरूको सहमतिविनै आगामी ४ मंसिरका लागि संविधानसभाको निर्वाचन घोषणा गरेपछि त्यसलाई असफल बनाउन सैन्य तालिम सुरु गरिएको हो ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले अहिलेसम्म निर्वाचन आयोगमा दल दर्तासमेत गरेको छैन । गत पुसमा सम्पन्न सातौं महाधिवेशनबाट पारित पार्टीको कार्यदिशा ‘जनयुद्धको जगमा जनविद्रोह’लाई सफल बनाउने नीतिसहित तालिम अघि बढाइएको उनले बताए । नेकपा–माओवादीभित्र मौलाउँदै गएको नेतागत विचारधाराका कारण सैन्य तालिम सञ्चालन भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार पार्टीभित्र रहेको संविधानसभाको निर्वाचनमा भाग लिनुपर्ने, भाग लिन नहुने र क्रान्तिबाट नै आफ्ना माग पूरा गर्ने समूहको विकास भएसँगै पार्टीभित्र विद्रोहका पक्षधर बलियो भएका कारण तालिम सञ्चालन भइरहेको हो । पछिल्लो समय संविधानसको निर्वाचनमा भाग लिन निर्वाचनको मितिसहित चुनावी कार्यक्रम र नागरिकता वितरण तत्काल रोक्नुपर्ने सर्त सो पार्टीले राख्दै आएको राजधानी दैनिकमा खबर छ ।
पार्टीभित्र अध्यक्ष, महासचिव र सचिवबीचको व्यक्तिगत धारणाका कारण पार्टीले निर्वाचनको अन्य शान्तिपूर्ण गतिविधि गरिरहे पनि सैन्य प्रशिक्षणलाई सँगै लगेको हो । पहिलो चरणमा प्रशिक्षक प्रशिक्षण दिएको माओवादीले एक समूहमा १ सय ५० देखि २ सयसम्म पूर्वलडाकू र युवालाई समेटेको माओवादी स्रोतले जनाएको छ । माओवादीले संविधानसभाको निर्वाचन आफूहरूको एजेन्डा भए पनि यथास्थितिमा संविधानसभाको निर्वाचनमा आफूले भाग नलिने बताउँदै आएको छ । ‘पार्टीको सातौं महाधिवेशनले पारित गरेको ‘जनयुद्धको जगमा विद्रोह’को कार्यदिशा पूरा गर्न सैन्य शक्ति बलियो बनाउनुपर्ने भएकाले तालिम सञ्चालन भइरहेको छ,’ एक पोटिब्युरो सदस्यले भने, ‘हामी जुनसुकै अवस्थामा भए पनि संविधानसभाको निर्वाचन असफल बनाउन चाहन्छैा ।’
सुरुका दिनमा माओवादी पूर्वलडाकूलाई राजधानीका विभिन्न स्थानमा तालिम सम्पन्न गरेको बताउँदै उनले अहिले मुलुकको पश्चिमी क्षेत्रमा तालिम सञ्चालन भइरहेको बताए । उनका अनुसार अर्घाखाँची, सुर्खेत, रोल्पा, दैलेख, रुकुम, जाजरकोट र सल्यानमा तालिम सञ्चालन भइरहेको छ । ‘अहिले सञ्चालन भएको तालिमबाट स्थानीय स्तरमा तालिम दिने प्रशिक्षक उत्पादन गरिनेछ,’ स्रोतले भन्यो । सैन्य तालिममा अधिकांश पूर्वलडाकू सहभागी भएको माओवादीका एक केन्द्रीय सदस्यले बताए । पार्टीको संगठन बलियो बनाउन र नेताको सुरक्षाका लागि अहिलेको तालिममा सहभागीको भूमिका महTवपूर्ण हुने उनको तर्क छ । उनले पार्टीले अघि बढाएको मागहरूबारे सरकारले कुनै सम्बोधन नगरे बाध्य भएर पुनः जनयुद्धको माध्यमबाट आफ्ना मागहरू पूरा गर्न सकिने पार्टीको विश्लेषण रहेको जनाउ पनि दिए । जनविद्रोहको माध्यम नै सफल हुने भन्दै आफूहरूले क्रान्तिको मध्यमबाट नै जनताको अधिकार स्थापित गर्न सकिने योजना माओवादीको छ ।
सो पार्टीका सचिव नेत्रविक्रम चन्दले असंवैधानिक तरिकाले निर्माण भएको सरकारका हरेक गतिविधि निस्तेज पार्न सैन्य दस्ता गठन गर्न सकिने बताउँदै आएका छन् । उनले पार्टीको गतिविधिलाई सशक्त रूपमा अघि बढाउन मात्रै भए पनि पार्टीभित्र सेना आवश्यक भएको अडान लिएका हुन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले अहिलेसम्म निर्वाचन आयोगमा दल दर्तासमेत गरेको छैन । गत पुसमा सम्पन्न सातौं महाधिवेशनबाट पारित पार्टीको कार्यदिशा ‘जनयुद्धको जगमा जनविद्रोह’लाई सफल बनाउने नीतिसहित तालिम अघि बढाइएको उनले बताए । नेकपा–माओवादीभित्र मौलाउँदै गएको नेतागत विचारधाराका कारण सैन्य तालिम सञ्चालन भएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार पार्टीभित्र रहेको संविधानसभाको निर्वाचनमा भाग लिनुपर्ने, भाग लिन नहुने र क्रान्तिबाट नै आफ्ना माग पूरा गर्ने समूहको विकास भएसँगै पार्टीभित्र विद्रोहका पक्षधर बलियो भएका कारण तालिम सञ्चालन भइरहेको हो । पछिल्लो समय संविधानसको निर्वाचनमा भाग लिन निर्वाचनको मितिसहित चुनावी कार्यक्रम र नागरिकता वितरण तत्काल रोक्नुपर्ने सर्त सो पार्टीले राख्दै आएको राजधानी दैनिकमा खबर छ ।
पार्टीभित्र अध्यक्ष, महासचिव र सचिवबीचको व्यक्तिगत धारणाका कारण पार्टीले निर्वाचनको अन्य शान्तिपूर्ण गतिविधि गरिरहे पनि सैन्य प्रशिक्षणलाई सँगै लगेको हो । पहिलो चरणमा प्रशिक्षक प्रशिक्षण दिएको माओवादीले एक समूहमा १ सय ५० देखि २ सयसम्म पूर्वलडाकू र युवालाई समेटेको माओवादी स्रोतले जनाएको छ । माओवादीले संविधानसभाको निर्वाचन आफूहरूको एजेन्डा भए पनि यथास्थितिमा संविधानसभाको निर्वाचनमा आफूले भाग नलिने बताउँदै आएको छ । ‘पार्टीको सातौं महाधिवेशनले पारित गरेको ‘जनयुद्धको जगमा विद्रोह’को कार्यदिशा पूरा गर्न सैन्य शक्ति बलियो बनाउनुपर्ने भएकाले तालिम सञ्चालन भइरहेको छ,’ एक पोटिब्युरो सदस्यले भने, ‘हामी जुनसुकै अवस्थामा भए पनि संविधानसभाको निर्वाचन असफल बनाउन चाहन्छैा ।’
सुरुका दिनमा माओवादी पूर्वलडाकूलाई राजधानीका विभिन्न स्थानमा तालिम सम्पन्न गरेको बताउँदै उनले अहिले मुलुकको पश्चिमी क्षेत्रमा तालिम सञ्चालन भइरहेको बताए । उनका अनुसार अर्घाखाँची, सुर्खेत, रोल्पा, दैलेख, रुकुम, जाजरकोट र सल्यानमा तालिम सञ्चालन भइरहेको छ । ‘अहिले सञ्चालन भएको तालिमबाट स्थानीय स्तरमा तालिम दिने प्रशिक्षक उत्पादन गरिनेछ,’ स्रोतले भन्यो । सैन्य तालिममा अधिकांश पूर्वलडाकू सहभागी भएको माओवादीका एक केन्द्रीय सदस्यले बताए । पार्टीको संगठन बलियो बनाउन र नेताको सुरक्षाका लागि अहिलेको तालिममा सहभागीको भूमिका महTवपूर्ण हुने उनको तर्क छ । उनले पार्टीले अघि बढाएको मागहरूबारे सरकारले कुनै सम्बोधन नगरे बाध्य भएर पुनः जनयुद्धको माध्यमबाट आफ्ना मागहरू पूरा गर्न सकिने पार्टीको विश्लेषण रहेको जनाउ पनि दिए । जनविद्रोहको माध्यम नै सफल हुने भन्दै आफूहरूले क्रान्तिको मध्यमबाट नै जनताको अधिकार स्थापित गर्न सकिने योजना माओवादीको छ ।
सो पार्टीका सचिव नेत्रविक्रम चन्दले असंवैधानिक तरिकाले निर्माण भएको सरकारका हरेक गतिविधि निस्तेज पार्न सैन्य दस्ता गठन गर्न सकिने बताउँदै आएका छन् । उनले पार्टीको गतिविधिलाई सशक्त रूपमा अघि बढाउन मात्रै भए पनि पार्टीभित्र सेना आवश्यक भएको अडान लिएका हुन् ।
|
0 comments
Write Down Your Responses