६ बर्षे बालिका बलात्कृत

ओखलढुंगा, जेष्ठ २६ - जिल्लामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई गत बुधबार साँझ माधवपुर ४ का १८ वर्षीय अरुण राईले बलात्कार गरेको प्रहरीले जनायो । प्रहरीले अभियुक्तलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गर्‍यो । अभियुक्तले बालिकालाई निकेतन माविको कक्षाकोठामा लगेर जबरजस्ती करणी गरेको स्वीकारेका छन् । अभियुक्त राईलाई जबरजस्ती करणीअन्तर्गतको मुद्दा शुक्रबार नै अदालतमा दायर भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगीरथ रेग्मीले बताए । रेग्मीका अनुसार बलात्कृत बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गराई घर पठाइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.