डलरको भाउले नेटो काट्यो ! आज ९६ रुपैयामा कारोबार !
६ असार, काठमाडौं । डलरको मूल्य एक कदम पछि र दुई कदम अघि बढ्दै आज नेपाली बजारमा ९६ रुपैयाँ पुगेको छ । ९४ रुपैयाँ पुगेर ५ दिनमा ९२ रुपैयाँमा झरेको डलर पुनः तीनमा बढेर ९६ रुपैयाँ पुगेको हो ।
नबिल बैंकले आज अमेरिकी डलरको बिक्री दर ९६ रुपैयाँ र खरिद दर ९४.९२ रुपैयाँ तोकेको छ । यस्तै, किष्ट बैंकले बिक्री दर ९५.५५ रुपैयाँ र खरिद दर ९४.९५ रुपैयाँ तय गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले बिक्री दर ९५.६० रुपैयाँ र खरिद दर ९५ रुपैयाँ तोकेको छ । बैंकहरुले खरिद र बिक्रीमा लिने मार्जिनमा पनि ठूलो अन्तर पाइन्छ ।
नेपाल राष्ट्र बैंकले आजको लागि औसत बिक्री दर ९४.२५ र खरिद दर ९३.६५ रुपैयाँ तय गरेको थियो । भारतमा बुधबार बेलुकी नेपाली मुद्राअनुसार ९३.९९ रुपैयाँमा कारोबार बन्द भएको थियो । आज विहान भारतमा एक्कासी भारुको मूल्यमा गिरावट आई नेपाली मुद्राअनुसार ९६ रुपैयाँमा बिक्री भइरहेको छ । हिजो बेलुकी कारोबार बन्द हुँदा ९४ रुपैयाँभन्दा कम रहेको आधारमा नेपाल राष्ट्र बैंकले आजको लागि औसत मूल्य ९४.२५ रुपैयाँ तोकेको थियो ।

0 comments
Write Down Your Responses