सुगुरको कलेजो पाएपछि बाँदरले लेखायो गिनिज बुकमा नाम

तिब्बतीयन प्रजातिको एक बाँदरको सरीरमा सुँगुरको कलेजो प्रत्यारोपण गरेसँगै जनावर चिकित्साको क्षेत्रमा नयाँ किर्तिमान बनेको छ । चीनको जिजिंग अस्पतालमा हालै सुँगुरको कलेजो बाँदरमा प्रत्यारोपण गर्ने सल्यक्रिया सफल भएको हो । सुँगरको कलेजो पाएको उक्त बाँदरले गिनिज बुकमा नाम लेखाउन सफल भएको छ । त्यो बाँदर सुँगुरको कलेजो प्रत्यारोपण गर्ने विश्वको पहिलो जनावर हो । यो शल्यक्रिया अंग प्रत्यारोपणको क्षेत्रमा नयाँ अध्याय भएको विज्ञहरुले बताएका छन् । हुनत यसअघि अमेरिका, जर्मनी, अस्ट्रेलिया तथा जापानमा पनि एक जनावरको भित्री मुख्य अंग अर्कोमा प्रत्यारोपण नगरिएको होइन । तर त्यसरी गरिएका प्रत्यारोपण असफल भएका थिए र जनावर मरेका थिए । पछिल्लोपटक चीनमा गरिएको प्रत्यारोपण सफल भएको छ र अहिले उक्त बाँदरले स्वास्थ्यलाभ गरिरहेको छ ।


भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.