घाम लाग्दा जाने पहिरोले स्थानीयबासी हैरान
१२ असार, रामेछाप । वर्षायाममा पहिरो जानु त सामान्य नै हो । तर, सुख्खायाममा पनि पहिरो जान्छ भन्दा पत्याउनै मुस्किल पर्छ । यस्तै खालको पहिरोले रामेछापको सालु गाविसमा ५७ बर्षदेखि दुःख दिइरहेको छ ।
सालु गाविसको गैराथोकस्थित ध्याप्चेमा ५७ बर्षदेखि धुले पहिरो गइरहेको छ । जब सुख्खा मौसम सुरु हुन्छ, घ्याप्चेमा जमिन फुट्छ र पहिरो जान थाल्छ । गाउँ नै धुलाम्मे हुने गरी दिनहुँ जाने पहिरोका कारण जिल्लाका पाँच गाविस प्रभावित भएको नयाँ पत्रिकामा खबर छ ।
चर्को घामसँगै हावा चल्न थालेपछि ध्याप्चेमा धुले पहिलो जान थाल्छ । चैत-वैशाख महिनामा बढी पहिरो जाने गरेको स्थानीय दुर्गा भट्टराईले बताए ।
२०११ सालबाट सुरु भएको पहिरो नियन्त्रण गर्न नेपाल सरकारले नसक्ने भएपछि जापनी सहयोग नियोग जाइकाको एउटा प्राविधिक टोली एकपटक गाउँमा पहिरोबारे जानकारी लिन पुगेको थियो । तर, उक्त संस्थानका प्रतिनिधि फेरि गाउँ फर्केर गएका छैनन् । पहिरोले खेतीयोग्य जमिनसमेत बगाएर र चर्किएर काम नलाग्ने भउको छ । हिउँदको पहिरो बर्षाले बगाउँदा थप समस्या हुने गरेको स्थानीयले बताए ।

0 comments
Write Down Your Responses