हिमाल शर्माद्वारा स्ववियु सभापतिबाट राजीनामा

२३ जेठ, काठमाडौं । एमाओवादीको विद्यार्थी संगठन क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदबाट राजीनामा दिनु भएको छ ।

राजधानीको सभागृहमा जारी क्रान्तिकारीको उपत्यकास्तरीय कार्यकर्ता भेलामा शर्माले राजीनामाको घोषणा गर्नु भएको हो । क्रान्तिकारीले त्रिवि उपकुलपतिको राजीनामा र स्वतन्त्र विद्यार्थी युनियनको नयाँ निर्वाचनको घोषणा गर्न माग गरेको छ । फर्जी भर्ना खारेजबारे विद्यार्थी संगठनहरुबीच सहमति हुन नसक्दा २३ गतेका लागि तोकिएको स्वावियु निर्वाचन स्थगित भएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.