बिहेकै दोश्रो दिन युवक अपरहणमा

राजविराज १२ असार । बिहे गरेकै दोश्रो दिन अपरहणमा परेका दुलाहलाई सप्तरीको राजविराजस्थित एकघरमा बन्धक बनाई राखेको अवस्थामा प्रहरीले उद्वार गरेको छ । सप्तरी लालापट्टी ३ का २२ बर्षीय शाकेश पण्डितलाइ अज्ञात ब्यक्तिले अपहरण गरेको थियो । खुट्टा, हात र मुखमा पट्टी बाधी राजविराज ६ स्थित पाठक निवासमा वन्धक वनाईएका पण्डितलाई वडा प्रहरी कार्यालयको टोलीले उद्धार गरेको हो । युवकले मुखमा बाधेको पट्टी दाँतले टोकेर हटाई हल्ला गरेपछि स्थानीयले घटनाका बारेमा थाहा पाएका थिए । प्रहरीले घरमा लगाएको ताला फोडेर युवकलाई मुक्त गरेको थियो । एक दिन अघि मात्र जिल्लाकै नर्घो गाविसमा विवाह गरेका पण्डितलाई उनकै श्रीमतीको पूर्व प्रेमीले वन्धक बनाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको डिएसपी श्यामसिंह चौधरीले बताए । थप अनुसन्धानका लागि शाकेर र अन्य केहि ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमै झिकाईएको चौधरीको भनाई छ । भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.