निर्वाचन प्रतिरोध गर्न वैद्यको निर्देशन

काठमाडौं- नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले अफ्नो मागको सुनुवाइ नगरी संविधानसभाको निर्वाचन गर्न खोजिए त्यसको प्रतिरोध गर्न युवाहरुलाई निर्देशन दिएका छन्। माओवादी सम्बद्ध राष्ट्रिय युवा जनस्वयम्सेवक नेपालको केन्द्रीय समितिको बैठकमा अध्यक्ष वैद्यले यथास्थितिमा निर्वाचन गर्न खोजिए त्यसलाई असफल पार्ने प्रमुख भूमिका युवाहरुले निर्वाह गर्नुपर्ने बताए।

उनले निर्वाचन बिथोल्न तयार रहन निर्देशन दिनुभएको जनस्वयम्सेवकका अध्यक्ष उदय चलाउनेले जानकारी दिए। बैठकमा अध्यक्ष वैद्यले २५ बुँदे बाधा अड्काउ फुकाउ र नागरिकता विधेयक खारेजीलगायतका माग सम्बोधन नभएसम्म आफ्नो पार्टी निर्वाचनमा सहभागी नहुने जिकिर गरेका थिए। ती माग पूरा गराउन आवश्यक आन्दोलनको तयारी गर्नसमेत जनस्वयम्सेवकलाई उनले निर्देशन दिए।

नागरिक समाज र पेसागत सङ्गठन पनि आफ्नो पार्टीको मागको पक्षमा उभिएकाले मागको सुनुवाइका लागि दबाब बढ्दै गएको उल्लेख गरे।

बैठकमा जनस्वयमसेवकका ईञ्चार्जसमेत रहनुभएका माओवादी सचिव नेत्रविक्रम चन्दले जनस्वयमसेवकको काँधमा ऐतिहासिक जिम्मेवारी आइपुगेको बताउँदै पार्टीको योजना सफल पार्न अग्रपङ्क्तिमा उभिन युवाहरुलाई आग्रह गरे।

स्वयम्सेवकले सुरु गरेको दुई महिने 'राष्ट्रिय जनजागरण तथा प्रतिरोध अभियान' को पनि बैठकमा समीक्षा गरिएको अध्यक्ष चलाउनेले बताए।

श्री चलाउनेले जनस्वयमसेवकको दुई महिने अभियान सफल भएको ठहर बैठकले गरेको जानकारी गराउनुभयो । माओवादीका अधिकांश पूर्व लडाकुहरु आबद्ध रहेको जनस्वयमसेवकलाई माओवादीले फौजी सङ्गठनको रुपमा पनि लिइने गरिन्छ । रासस
भिडियोको लागी तल क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.