समुन्द्रमा डुबेर एक नेपाली कामदारको मृत्यु

क्वालालम्पुर । मलेसियामा एक नेपालीको समुन्द्रमा पौडि खेल्न जादा ज्यान गएको छ । नुवाकोट तानसिङ -१ घर भई पेनाङमा रहेको एक मासु पसलमा कार्यरत अन्दाजी २४ वर्षका इन्द्र वहादुर तामाङको ज्यान गएको हो ।

गएको सोमवार साझँको समयमा पेनाङको दान्जुङतोकोन भन्ने स्थानमा समुद्रमा पाँच जना नुहाउन गएको समयमा एक्कासि समुद्रमा आएको छालमा परि तामाङको ज्यान गएको हो ।

सवैको सहयोगमा उनको शवलाई त्यसस्थानवाट वाहिर निकालिएको थियो । तीन वर्ष सम्म वैधानिक रहेका उनी गएको एक वर्षदेखि अवैधानिक रहेर काम गरिरहेका थिए । उनको शवलाई नेपाल पठाउने तयारी भइहेको बताइएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.