संस्कृत पढ्ने दलित, जनजाति र छात्रा धेरै

१३ साउन, काठमाण्डौं । ब्राम्हणले पढ्ने शिक्षा भनेर चिनिने संस्कृतमा अहिले दलित, जनजाति र छात्राको आकर्षण बढेको छ । नेपाल संस्कृत विश्वविद्यालयले अन्य विद्यार्थीलाई भन्दा दोब्बर छात्रवृत्तिको व्यवस्था गरेपछि संस्कृत शिक्षामा उनीहरु आकषिर्त भएका हुन् ।
नेपाल संस्कृत विश्वविद्यालय महाशाखाका अनुसार संस्कृत पढ्ने छात्राको संख्या एकतिहाइ पुग्न लागेको छ । दलित तथा जनजातिका लागि छुट्टयाइएको २० प्रतिशत आरक्षण कोटामा पनि चाप बढेको छ ।
संस्कृत विश्वविद्यालयका रजिस्ट्रार जगतप्रसाद उपाध्यायले छात्रवृत्तिका कारण दलित, जनजाति तथा छात्राको आकर्षण बढेको बताए । ‘छात्रवृद्धि दोब्बर गराउँदा जति विद्यार्थी बढ्ने अपेक्षा गरिएको थियो, त्यो पूरा भएन,’ रजिस्ट्रार उपाध्यायले भने, ‘यहाँ अरु विश्वविद्यालयमा जस्तो तडकभडक हुँदैन्, त्यसैले पनि विद्यार्थीको हि्वम छैन । राम्रोसँग बुझेमा संस्कृत विषय अन्तर्राष्ट्रिय रुपमा समेत राम्रो छ ।’
संस्कृतका गुरु पनि जनजाति र दलित नै
दलित तथा जनजाति विद्यार्थी संस्कृत पढेर गुरुसमेत बन्न थालेका छन् । सोलुखुम्बुको बिपी कोइराला संस्कृत विद्यापीठमा वुद्धिबहादुर कुमाल संस्कृत अध्यापन गराउँछन् । तनहुँको भानु विद्यापीठमा कृष्णबहादुर सुनार महेन्द्रनगरको शारदा विद्यापीठमा मोहनकुमार चौधरीले संस्कृत पठाउँदै आएको नयाँ पत्रिकामा खबर छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.