नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विवाद
९ असार, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विवाद देखिएको छ । महासंघको असन्तुष्ट पक्षले आइतबार भृकुटीमण्डपस्थित शाखा कार्यालयमा सहसचिव चन्द्रमणि भट्टराईको नेतृत्वमा तालाबन्दी गरेको छ ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष गोविन्दप्रसाद चौलागाईले शाखालाई एकलौटी ढंगले अगाडि बढाएको र आफूलाई चित्त नबुझ्ने कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बैठकमा नबोलाउने, आफूखुशी निर्णयहरु गराउने गर्दै आइरहेको असन्तुष्टहरुको आरोप छ । शाखा अध्यक्ष चौलागाई साझा व्यक्तिका रुपमाभन्दा पूर्वाग्रही ढङ्गबाट प्रस्तुत भएको भट्टराई पक्षले आरोप लगाएको छ ।
पछिल्लो समयमा काठमाडौं शाखाका अध्यक्ष चौलागाईले शाखाका कोषाध्यक्ष बैकुण्ठ भण्डारीलाई निलम्नव गर्न केन्द्रीय समितिसमक्ष सिफारिस गरेपछि महासंघ काठमाडौंमा किचलो शुरु भएको हो । केन्द्रीय समितिले कोषाध्यक्ष भण्डारीलाई निलम्बन गरिसकेको छ । सहसचिव भट्टराईएको नेतृत्वमा गठित संघर्ष समितिले केन्द्रीय अध्यक्ष शिव गाउँलेलाई भेटी ३ दिने अल्टिमेटदिए पनि अध्यक्ष गाउँले यतिबेला जेनेभामा हुनुहन्छ । शाखाका सहसचिवत भट्टराईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा शाखामा अनिश्चितकालीन तालावन्दी गरिएको उल्लेख छ ।
|
0 comments
Write Down Your Responses