भदौ १५ सम्म सडक विस्तारको काम सक्ने लक्ष्य

११ साउन, काठमाडौं । राजधानीमा विस्तारित सडक निर्माणको काम असार मसान्तमा सक्ने लक्ष्य भएपनि पूरा नभएपछि म्याद थपिएको छ । विस्तारित सडकको अनुगमन गर्न गठित उच्चस्तरीय समितिका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बास्कोटाको संयोजकत्वमा बसेको बैठकले भदौ १५ गतेसम्म काम सक्ने नयाँ योजना बनाएको छ । यसअघि मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले भदौ १५ सम्म प्रष्ट नतिजा ल्याउन निर्देशन दिए लगत्तै बैठकले लक्ष्य निर्धारण गरेको हो ।

सचिव बास्कोटाका अनुसार भदौ १५ भित्र सडक विभाग अन्तर्गतको काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गतको माईतीघर-तीनकुने सडकमा ग्रावेल १००० मिटर र १५०० मिटर. फुटपाथ निर्माण सम्पन्न गरिनेछ । यसैगरी लैनचौर-महाराजगंज-गल्फुटार ग्रावेल १००० मिटर. र २००० मिटर फुटपाथ, कालिमाटी-बल्खु-त्रिविवि गेट ग्रावेल ६०० मिटर र ७०० मिटर फुटपाथ, माईतीघर-भद्रकाली ग्रावेल ४०० मिटर तथा स्ट्रकचरहरु सम्पन्न गरिने र गौशाला-वानेश्वर-शंखमूल ५०० मिटर फुटपाथ तथा १ किलोमिटर साईडड्रेन सम्पन्न गरिने गरी लक्ष्य निर्धारण गरिएको छ ।

सचिव वास्कोटाका अनुसार डिभिजन सडक कार्यालय, काठमाडौं अन्तर्गतको मानदेव मार्गमा कालोपत्रे ०.७५० कि.मी सम्पन्न गर्ने, सिफल-कालोपुल-नक्साल-ग्रावेल कार्य १.८४० कि.मी सम्पन्न गर्ने, ताहाचल-छाउनी -क्याम्पस-आर्मीहस्पिटल) को कार्य ०.८०० कि.मी. सम्पन्न गर्ने, नारायणचौर-नानीगञ्ज -वेश/कालोपत्रे) ०.४०० कि.मी कालोपत्रे सम्पन्न गर्ने गरी लक्ष्य तोकिएको छ । यसैगरी चण्डोल-टुडालदेवी ग्रावेल ०.८०० कि.मी., सुकेधारा-धुम्वाराही ग्रावेल ०.६०० कि.मी., भगवानपाउ-वनस्थली (कर्भस्टोन/सवग्रेड) १ कि.मी., गाइबाच्छा पाटी वाहिटी – टेवापर्खाल ५०० घ.मी. र गाइवाच्छा पाटी वाहीटी – सवग्रेड १ कि.मी. सम्पन्न गर्ने निर्णय गरिएको छ ।

ललितपुर सडक डिभिजन कार्यालय अन्तर्गतका कानदेवतास्थान-कुपण्डोल-सानेपा-ज्ञानोदय सडक ४०० मी. कालोपत्रे सम्पन्न गर्ने, जावलाखेल-एकान्तकुना सडक ८०० मी. ग्रावेल गर्ने, जावलाखेल-लगनखेल सडक २०० मी. ग्रावेल गर्ने, सातदोवाटो-कर्मनाशा सडक ६०० मी. ग्रावेल गर्ने र पुल्चोक-इन्जिनियरिङ्ग क्याम्पस वखुण्डोल सडक २०० मी. ग्रावेल सम्पन्न गर्ने लक्ष्य तोकिएको छ । यसैगरी पाटन ढोका-चाकुपाट-यु.एन.पार्क ४०० मी. ग्रावेल सम्पन्न गर्ने, पुल्चोक-सेन्टमेरीज ठाडोढुङ्गा रिङ्ग रोड ३०० मीं ग्रावेल गर्ने, भनीमण्डल-धोवीघाट-झम्सिखेल समिट होटल ३०० मी. ग्रावेल गर्ने, रिङ्गरोड विष्णु मन्दिर नख्खु खोला सडक २०० मीं ग्रावेल गर्ने, महिला प्रशिक्षण केन्द्र चक्रपथ सडक ५०० मी. फुटपाथ निर्माण सम्पन्न गर्ने गरी निर्णय भएको सचिव बास्कोटाले जानकारी दिनु भएको छ ।

यस्तै डिभिजन सडक कार्यालय, भक्तपुर अन्तर्गतका सल्लाघारी व्यासी सडक.मा १ कि.मी. वेसको कार्य सम्पन्न गर्ने, कौसलटार वालकोट विरुवा सडकमा २०० मी. ग्रावेल सम्पन्न गर्ने र जगदम्वा टावर निकोसेरा सडक ४०० मी. ग्रावेल सम्पन्न गर्ने लक्ष्य निर्धारण भएको छ ।

काठमाडौं महानगरपालिकाबाट सेती ओपी मार्ग, पिपा गोश्वारा डिल्लीवजार घट्टेकुला मार्गको ३ कि.मी. कालोपत्रे गर्ने, लिकमार्ग र प्रयाग मार्गमा ४ कि.मी. वेस कोर्स सम्पन्न गर्ने, दोस्रो चरणको दशरथ चन्द, लाम्टोगीस, चख्खु मार्गमा ३ कि.मी. ग्रावेल तयार गर्ने र सुविधामार्ग, वुद्धिसागर मार्ग, नयाँवस्ती, कैलासपती, नमुना गल्लीमा २.५ कि.मी. ग्रावेल सम्पन्न गर्ने गरी निर्णय भएको कुरा सचिव बास्कोटाले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.