युवतीवीच सामुहिक भिडन्त : दुई घाइते, सात पक्राउ
पोखरा । युवकहरुबीच समूहगत भिडन्त बारम्बार हुन्छ । तर, युवतीबिच समूहगत भिडन्त भएको त्यति सुनिँदैन । तर, पोखरामा दुई पक्षीय युवतीहरुबिच भिडन्त भएको छ । त्यो पनि दिन, समय र स्थान समेत तोकेर युवतीहरु आपसमा भिडेका छन् ।
विगतमा पनि युवकयुवतीवीच सामान्य झडप हुने गर्थे । त्यसमा एक पक्षलाई थाहा नभई अर्को पक्षले आक्रमण गर्ने गर्थे । कुनै पनि पक्षले लड्नका लागि निम्तो दिने गर्दैनथे । तर, हेम्जा याम्दी पुलमा युवतीबिच भएको झडप भने निम्तो दिएरै भयो ।
सामान्य भनाभनको विषयलाई लिएर थापा र तामाङ दुई समुहको झगडा भएको वडा प्रहरी कार्यालयका बगरका प्रहरी निरीक्षक रोशन खड्काले बताउनुभयो । जसमा संग्लन ७ जना युवतीलाई वडा प्रहरी कार्यालय बगरले पक्राउ गरेको छ । दुई समुह बिच कुटाकुट हँदा भिमाद घर भइ हाल हेम्जा-१ याम्दी बस्ने लक्ष्मी थापा र पोखरा-१ बगरकी प्रिया थापा मगरको टाउकोमा चोट लागेको छ। मगरको फिस्टेलमा र थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार गरेपछि बगर प्रहरीले नियन्त्रणमा लिएको छ।
घटमा संग्लन थापा पक्षकी हेम्जा-१ याम्दी घर भएकी निरु तामाङ र मगर पक्षकी पोखरा-१ मिरुवा घर भएकी भूमिका राणा, हेम्जा-१ की खुश्वु राना मगर, पोखरा १२ शितलादेवीकी रविना गुरुङ्ग, पोखरा-११ फुलबारीकी बन्धना गुरुङलाई बगर प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रिया थापा मगरको पक्षले निरू तामाङ्गको पक्षलाई अपशब्द प्रयोग गर्दै गालि गलौच गरेपछि तामाङ्ग पक्षले झगडाको आह्वान गरेको प्रहरकिो भनानइ छ। त्यस पछि तामाङ्गको आह्वानलाई स्वीकादै प्रियासहित ५ जना युवतीको टोली आइतबार साँझ ५:३० बजे हेम्जा याम्दी पुल नजिकै पुगेका थियो । त्यसपछि दुई समूहबिच करिब १५ मिनेट हानाहान भएको एक स्थानीयले बताए ।
दुई समुह झडप गर्ने उद्देश्यले आए पनि उनीहरूबाट कुनै त्यस्तो धारिलो हातहतियार फेला नपरेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लड्नको लागि नै तामाङ्गको पक्षले प्रियाको पक्षलाई बोलाएको हो । तर, झडपमा हतियार प्रयोग भएको छैन ।’
दुवै पक्षले ढुङ्गाले हानेको हुनाले दुईजना घाइते भएको प्रहरीको भनाइ छ । घट्नामा संलग्न सातजनालाई थप अनुसन्धानका लागि हामीले नियन्त्रणमा राखेको बताइएको छ । प्रहरीका अनुसार यस अघि त्यस क्षेत्रमा युवतीहरुको झगडाको घट्ना भएको थिएन । गत बर्ष लेखनाथमा भएको युवती विचको झगडाको घटना जिल्ला प्रहरी कार्यालयमा आइपुगेको थियो । तर, कुट्ने युवतीहरु फेला परेका थिएनन् । पछि कुटिएकी युवतीले मुद्दा दर्ता गर्न नमानेको प्रहरीको कथन छ। प्रहरीकोमा मुद्दा दर्ता नभएको त्यो घट्नाले यूटुवमा भने निकै चर्चा पाएको थियो ।
0 comments
Write Down Your Responses