लुइसलाई ४ करोड प्रस्ताव गर्न वार्यन तयार

१४ असार, काठमाडौं । वार्यन म्युनिख चेल्सीका डिफेण्डर डेभिड लुइसका लागि ४ करोड पाउण्डको प्रस्ताव गर्न तयार भएको छ । बार्सिलोनाको प्रशिक्षक हुँदा नै पेप ग्वार्डिआलोले लुइसलाई भित्र्याउने इच्छा देखाएका थिए ।

ग्वार्डिआलो यो सिजनबाट युरोपियन च्याम्पियन वार्यन म्युनिखको प्रशिक्षक छन् । स्पेनिस क्याटलन बार्सिलोनाले पनि २६ बर्षीय ब्राजिलियन लुइसलाई भित्र्याउने इच्छा देखाएको छ । लुइस २०११ जनवरीमा वेन्फिकाबाट चेल्सी गएका हुन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.