लिबियाको पूर्वी सहर बेनघाजीमा शनिबार अल-कुइफिया कारागारबाट करिब एकहजार २ सय कैदी भागेका छन् । स्थानीय समयअनुसार शनिबार बिहान अज्ञात बन्दुकारीले जेल भवनमा आक्रमण गरेको सुरक्षास्रोतले जनाएको छ । जेलमा विभिन्न अपराध सम्बन्धी सजाया भोगिरहेका व्यक्ति र पूर्व शासक मोअमर गद्दाफीका समर्थकहरू भएको अधिकारीहरुले बताएका छन् । जेलबाट भागेका केहीलाई पुनः पक्राउ गरेको बताइएको छ । पुनः पक्राउ गर्ने क्रममा ती कैदीहरूलाई गोली प्रहार नगर्न सरकारले प्रहरीलाई आदेश दिएको छ । कैदीहरूमा केही विदेशी नागरिकसमेत रहेका छन् । कारागारका गार्डसँगको झडपका क्रममा तीन कैदी घाइते भएका छन् । लिबियाली प्रधानमन्त्री अली जेइदानले एक स्थानीय टेलिभिजनमा दिनुभएको अन्तर्वाताको क्रममा कारागारबाट भाग्ने यी कैदीहरु सीमापार गरी भाग्ने सम्भावना रहेको हुनाले सीमा क्षेत्र बन्द गर्न समेत आदेश दिइएको बताइएको छ । कारागारबाट भाग्ने कैदीहरुमा केही खतरनाक कैदी समेत रहेको पनि समाचारमा जनाइएको छ । रासस/सिन्हृवा
कारागारबाट बाह्रसय कैदी भागे
Powered by Blogger.
0 comments
Write Down Your Responses