नेपालमा इन्टरनेट प्रयोगगर्ने ६७ लाख

२९ असार, काठमाण्डौं । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ६६ लाख ८५ हजार ४ सय २७ पुगेको छ । सन् २०१२ को अन्त्यसम्ममा यो संख्या ५६ लाख ९३ हजार ९ सय १३ थियो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट प्रयोगकर्ताको संख्या २५ दशमलब १३ प्रतिशत बढेको छ ।

सन् २००० सम्ममा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या जम्मा ५० हजार थियो । हातहातमा पुगेको मोबाइलबाट इन्टरनेट सेवा पुगेकाले र सामाजिक सञ्जालको प्रयोगमा बढेको आकर्षणका कारण संख्यामा वृद्धि भएको हो । नेपालमा सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता मात्रै ५० लाखभन्दा बढी पुगेका छन् ।
अहिले नेपालमा नेपाल टेलिकमबाट ३० लाख ६५ हजार र एनसेलमार्फत ३४ लाख ४१ हजारले इन्टरनेटको प्रयोग गर्छन् । टेलिकमले डायल अप, एडीएसएल, जीपीआरएस, सीडीएमए र वाइम्याक्समार्फत इन्टरनेट सेवा दिइरहेको राजधानी दैनिकमा खबर छ ।
निजी क्षेत्रको सेवा प्रदायक एनसेलले जीपीआरएससहित डाटा प्याकेजमा इन्टरनेट सेवा दिइरहेको छ । त्यस्तै, यूटीएलका ९२ हजार ८ सय १७ र इन्टरनेट सेवा प्रदायक -आईएसपी) मार्फत ८५ हजार ८ सय १७ नेपालीले इन्टरनेट चलाइरहेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.