मन्त्रीको ब्रतले एक दिन अघि नै बजेट, खर्च दैनिक २ अर्व, आम्दानी १ अर्ब !
३० असार, काठमाण्डौ । सरकारी कर्मचारीको तलव बढाउने कि नबढाउने भन्ने बिषयमा दोधार हुँदा शनिवार राती अबेरसम्म बजेटको आकार निश्चीत हुन नसकेपनि आज बजेट आउने पक्का भएको छ ।
आइतवार प्रकाशित कान्तिपुर दैनिकका अनुसार कर्मचारीको तलव बढाउँदा योजना आयोगले दिएको बजेटको सीमा बढ्ने र नबढाउँदा कर्मचारीको तिब्र बिरोध सामना गर्नुपर्ने भएकाले अर्थ मन्त्रालय अझै निर्णयमा पुग्न सकेको छैन् । अन्य सवैजसो दैनिक पत्रिकाले भने आजै बजेट आउने खवरलाई प्राथमिकताका साथ छापेका छन् ।
कारोबार दैनिकले आजै बजेट ल्याउने तयारी गर्नुमा अर्थमन्त्री शंकरप्रसाद कोइरालाको ब्रत जिम्मेवार रहेको खवर छापेको छ । सुरुमा सोमबार बजेट ल्याउने तयारी भए पनि सोमबार उहाँको ब्रत रहेको र भोकै तीन-चार घण्टासम्म बजेट पढ्न मन्त्रीलाई कठिन हुने भएपछि आजै ल्याउन लागिएको अर्थ मन्त्रालयमा चर्चा चलेको छ ।
शनिवार नै अर्थमन्त्री कोइरालाले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटेर बजेटबारे बि्रफिङ गर्नुभएको थियो । रेग्मीका सुझावलाई समेट्न राती ११ बजेसम्म पनि अर्थ कर्मचारी काममा खटिइरहेका थिए ।
दैनिक खर्च २ अर्ब, आम्दानी १ अर्ब
चालू आर्थिक बर्षको १२ औं महिनामा मुलुकको आम्दानी र खर्चमा करिव आधाको अन्तर देखिएको छ । सरकारले असारमा औसत दैनिक २ अर्ब रुपैयाँ खर्च गरिरहेको छ भने औसत राजश्व आम्दानी १ अर्ब रुपैयाँमात्र रहेको छ । सरकारले असारमा तिब्र खर्च गरिरहेको र चालू आर्थिक बर्षको बजेट सक्न पनि खर्च बढि भइरहेको कारोबार दैनिकले छापेको छ । अर्थ मन्त्रालयका सल्लाहकार तथा अर्थबिद् चिरञ्जीवी नेपालले भने ठूला ठेकेदारले आर्थिक बर्षको अन्त्यमा मात्र भुक्तानी लिने भएकाले असार महिनामा खर्च ठूलो देखिएको बताउँछन् ।

0 comments
Write Down Your Responses