काठमाण्डौंका घर घरमै मिनी क्यासिनो

१५ साउन, काठमाण्डौं । क्यासिनो प्रवेशमा प्रहरीले कडाइ गरेपछि राजधानीका टोलटोलमा क्यासिनो शैलीमा जुवा खेल्ने अखडाहरु फस्टाउन थालेका छन् । क्यासिनोमा जस्तै सुविधासम्पन्न घर नै भाडामा लिएर ‘मिनी क्यासिनो’ चलाउने क्रम बढेको प्रहरीको दाबी छ ।

पछिल्ला दिनमा प्रहरीले छापा हानेका दुई घर मिनी क्यासिनोकै शैलीमा सञ्चालित थिए । महानगरीय प्रहरी परिसर काठमाण्डौंले ३० असारमा समाखुसीमा तथा ३ साउनमा चन्डोलमा छापा हानी क्यासिनोकै शैलीमा सञ्चालन हुँदै आएका जुवाघरहरुबाट जुवाडेहरुलाई पक्राउ गरेको थियो । ती ठाउँमा बारसहितको सुविधा रहेको प्रहरी अधिकारी बताउँछन् ।

क्यासिनोकै शैलीमा राजधानीमा धेरै जुवाघर सञ्चालनमा रहेको सूचना प्राप्त भएको र त्यसमाथि अनुसन्धान भइरहेको काठमाण्डौं प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरेले बताएको नयाँ पत्रिकामा खबर छ । घिमिरेले भने ‘जुवाका धेरै अखडामाथि अनुसन्धान गरिरहेका छौं ।’

सामाखुसीमा सञ्चालित जुवाघरबाट त चर्चित लोकगायिका सिर्जना बिरही थापा पक्राउ परेकी थिइन् । सो अखडामा क्यासिनोमा जस्तौ पैसाको सट्टा क्वाइनहरु नै प्रयोग हुने गरेको खुलेको थियो ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.