कोरिया जाने १८ हजार पुगे, कुबेतले नेपाली कामदारलाई प्राथमिकता दिने
१० साउन, काठमाण्डौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षा उर्त्तीण गरी रोजगारीका लागि दक्षिण कोरिया जानेको संख्या करिब १८ हजार पुगेको छ । सन् २००७ मा दुई मुलुकबीच ईपीएसअन्तर्गत कामदार लिने सम्झौता भएपछि अहिलेसम्म रोजगराीमा जानेको संख्या १८ हजार पुगेको हो ।
सम्झौतापछि सन् २००८ मा पहिलो पटक भाषा परीक्षा भउको थियो । त्यसपछि भएको सन् २०१० र २०११ को भाषा परीक्षामा उत्तीर्णसहित अहिलेसम्म १७ हजार ९ सय ३ जना रोजगारीका लागि कोरिया पुगेको ईपीएसले जनाएको छ । अहिलेसम्म उर्त्तीणमध्ये १९ हजार ७ सय ३९ जनाको श्रम करार (लेभर कन्ट्रयाक) आएको राजधानी दैनिकमा खबर छ ।
कुबेतले नेपाली कामदारलाई प्राथमिकता दिने
कुवेतले आगमी १० बर्षभित्र १० लाख नेपाली कामदारलाई रोजगारी दिने भएको छ । कुवेतस्थित रोजगारदाता कम्पनीले नेपाली कामदारलाई रोजगारीमा बढी प्राथमिता दिने र कन्ट्रक्सन क्षेत्रमा कामदारको माग बढाएर १० लाख पुर्याउने जनाएका हुन् ।
नेपाली कामदारको प्रमुख गन्तव्य अहिले मलेसिया, कतार, साउदी र यूएई मात्र भइरहेको समयमा कुबेतले समेत थप रोजगारीको अवसर नेपालीलाई दिने जनाएको हो ।
यसले केही बर्षभित्रै आकर्षक पारिश्रमिक र सेवा सुविधामा नेपाल्ी कामदारको माग बढाउने जनाइएको छ ।
0 comments
Write Down Your Responses