सुन प्रतितोला ५२ हजार २ सय रुपैयाँ पुग्यो
११ साउन, काठमाडौं । शुक्रबार सुनको मूल्य हिजोको तुलनामा प्रतितोला ४ रुपैयाँ बढेको छ । आज छापावल सुनको मूल्य प्रतितोला ५२ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजाबी सुनको मूल्य ५१ हजार ९ सय ६० रुपैयाँ प्रतितोला तय गरिएको छ । तेजाबी सुनको मूल्य छापावालको तुलनामा प्रति दश ग्राममा २१५ रुपैयाँ कम रहने गरेको छ ।
महासंघका अनुसार, आजको लागि चाँदीको मूल्य प्रतितोला ८ सय २८ रुपैयाँ तोकिएको छ । हिजो बिहीबारको तुलनामा आज ३ रुपैयाँ मूल्य बढेको हो ।
0 comments
Write Down Your Responses