थोतेहरुलाई खुसीको खबर, अब पिसाबबाटै साँच्चीकै दाँत बन्ने

दाँत झरेर थोते भएकाहरुका लागि खुसीको खबर छ । अब दाँत झरेको गिँजा नक्कली दाँत हालेर भर्नुपर्ने छैन । वैज्ञानिकहरुले पिसाबबाटै सक्कली दात बनाइदिएका छन् । चीनका वैज्ञानिकहरुले मूत्रबाट दाँतको विकाश गरेका हुन् । सेल रिजेनेरेसन जर्नलमा छापिएको समाचार अनुसार पिसाबलाई स्टेम कोषको श्रोतको रुपमा प्रयोग गर्न सकिन्छ जसबाट मानिसको दाँतको विकाश गर्ने मार्ग प्रसस्त हुन्छ । यसरी विकाश गरिएको दाँतले मानिसको झरेको दाँतको ठाउँमा आफुलाई स्थापित गर्न सक्नेछ ।

ग्वांगझोउ इन्स्िटच्युट अफ बायो मेडिसिन एण्ड हेल्थको वैज्ञानिक टोलीले मुसाको सरीरबाट पिसाब निकालेर त्यसलाई प्रयोगशालामा लगि त्यसबाट स्टेम कोष झिकी मुसाकै सरीरभित्र प्रत्यारोपण गरेको थियो । त्यसरी स्टेम कोष प्रत्यारोपण गरेको केही दिनमै मुसाको सरीरमा दाँत जस्तै संरचना विकशित हुन थाल्यो । त्यसरी विकशित भएको संरचनामा दाँतमा जस्तै पल्प, डेन्टिन, इनामेल लगायतको भाग थियो । यद्यपि त्यसरी विकाश गरिएको दाँत साँच्चीकै प्राकृतिक दाँत जस्तो कडा भने थिएन । यो अनुसन्धानले मुसाको पिसाबबाट मुसाको सरीरमा दाँतको विकाश गर्न सकिएजस्तै मानिसको पिसाबबाट पनि दाँत झरेको ठाउँमा नयाँ प्राकृतिक दाँतको विकाश गर्न सकिने सम्भावना उजागर गरेको वैज्ञानिकहरुको भनाइ छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.