‘यौनकाण्ड’ दवाउन नलिनी सिंहको दौडधुप
विधुरी विरुद्ध नेपाल वानकी ‘अर्की’को उजुरी
काठमाडौं, १६ साउन । ‘यौनकाण्ड’ पछि अताल्लिएर काठमाडौं आइपुगेकी भारतीय टेलिभिजन नेपाल वानकी सञ्चालक नलिनी सिंहले शक्ति केन्द्रहरुलाई सो विषय दवाउन दवाव दिन थालेकी छन् ।काठमाडौंको तिनकुनेस्थित टेलिभिजनको सम्पर्क कार्यालयका प्रमुख सुन्दरसिंह विधुरीले भोजपुरी कार्यक्रम प्रश्तोता रेणुका कंडेललाई यौनदुरव्यवहार गरेको घटना प्रकरण सार्वजनिक भएको थियो । कंडेलको लिखित उजुरी पछि विधुरी र उनलाई सहयोग गर्ने क्यामरा पर्सन विराज श्रेष्ठलाई प्रहरीले सोमबार बेलुका नेपाल वानकै कार्यालयबाट नियन्त्रणमा लिएको थियो ।
आफ्ना दुई कर्मचारी यौन दुरव्यवहारको प्रकरणमा प्रहरी हिरासतमा परे पछि आत्तिएकी नलिनी सिंह काठमाडौं आई प्रमुख राजनीतिक दल एमाओवादी, कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुलाई दवाव दिई ‘यौनकाण्ड’ दवाउन दवाव दिएको स्रोतले जनाएको छ ।
लैनचौरस्थित भारतीय राजदूतावासको शरणमा पुगेकी नलिनी सिंहले आफ्ना दुई कर्मचारीलाई आज (बुधबार) छुटाउन दवाव दिई रहेकी छन् । उनले एकजना पूर्व प्रधानमन्त्रीलाई फोन गरेर नेपाल वानको ‘यौनकाण्ड’ दवाएर आफ्ना दुई कर्मचारीलाई आजै रिहा गर्न दवाव दिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार नेपाल वानको ‘यौनकाण्ड’ दवाउन स्वयं राजदूत र दूतावासका कर्मचारीहरु सक्रिय भएका छन् । उनीहरुले अन्तरिम मन्त्रिपरिषदका मन्त्री, नेपाल प्रहरीका उच्च अधिकारी, विभिन्न दलका नेताहरुलाई पटक पटक फोन गरेर घटना दवाउन भनेको स्रोतले जनाएको छ ।
हनुमानढोका प्रहरीमा सात दिनका लागि थुनामा रहेका विधुरी र श्रेष्ठलाई जारीबाट निकालेर कारबाही गर्ने प्रतिवद्धताको प्रस्ताव नलिनी सिंहले कार्यक्रम प्रश्तोता रेणुका कंडेललाई दिएको स्रोतको भनाई छ ।
यद्यपि, रेणुकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार मात्रै सात दिन थुनामा राख्न आदेश दिएको दुई व्यक्तिलाई कानून अनुसार कारबाही नहुंदा सम्म अविचलित रहने प्रतिक्रिया दिएकी छन् ।
शक्तिकेन्द्रबाट दवाव आउन थाले पछि हनुमानढोका प्रहरी नेपाल वान टेलिभिजनको ‘यौनकाण्ड’का विषयमा तनावमा परेको एक सुरक्षा अधिकारीले जानकारी दिए ।
विधुरी विरुद्ध नेपाल वानकी ‘अर्की’को उजुरी
यसैबीच, यौनदुरव्यवहारको आरोपमा विधुरी विरुद्ध आज (बुधबार) नेपाल वानकी अर्की पत्रकारको पनि उजुरी परेको छ । विधुरीले पटक पटक यौनदुरव्यवहार गरेको आरोप लगाउंदै ईश्वरी सिंहले महानगरीय प्रहरी परिषर हनुमानढोकामा लिखित उजुरी दिएकी छन् ।
ईश्वरी सिंहले पनि विधुरीलाई कानून अनुसार हदैसम्मको कारबाही र शान्ति सुरक्षाको माग गरेकी छन् ।
========
विष्णु रिजालको फोसबुकबाट साभार
विहानैदेखि काठमाडौंमा नलिनी सिंहको चर्को दौडधुप छ । दिल्लीमा बसेर नेपालमा नेपाल वान नामक टेलिभिजन चलाइरहेकी नलिनी संकट पर्यो भने कुदेर आउँछिन् । कहिले पत्रकारलाई तलब नदिने त कहिले अपमानजनक रुपमा निकाल्ने उनको कम्पनीका हर्ताकर्ताले महिला कामदारमाथि यौनहिंसा गरेका कारण अहिले थुनामा छन् । नलिनीले नेता र प्रहरीका हाकिमलाई भेटेर छुटाउने कोसिस गरेकी छन् । कति हेपाहा प्रवृत्ति उनको ? कतिपय नेताकोमा फोन गरेर ‘अहिले आउँदैछु, कतै नजानुहोला’ पनि भन्न भ्याइछन् ।
0 comments
Write Down Your Responses