सरकारले बैद्य माओवादीलार्इ फेरि पत्र पठायो
१६ साउन, काठमाडौं । सरकारले मोहन बैद्य नेतृत्वको नेकपा-माओवादी र उनको नेतृत्वको मोर्चामा रहेका दलहरूलाई वार्तामा आउन पुनः आहृवान गरेको छ ।
सरकारले सर्तसहित वार्तामा बोलाएको भन्दै माओवादी महासचिव रामबहादुर थापा बादलले यथास्थितिमा वार्तामा नबस्ने जवाफ सरकारलाई साउन ११ गते पठाउनु भएको थियो ।
मन्त्रिपरिषद्, परामर्श तथा समन्वय समितिका संयोजक एवं गृहमन्त्री माधवप्रसाद घिमिरेले बुधबार माओवादी अध्यष मोहन बैद्यलाई पत्र पठाई वार्तामा आउन पुनः आहृवान गर्नु भएको हो । पत्रमा मुलुकका समस्या वार्ता, सम्वाद र छलफलबाट नै समाधान हुनेमा सरकार विश्वस्त रहेको उल्लेख छ ।
0 comments
Write Down Your Responses