सामूहिक बलत्कार हुँदै गर्दा महिलाको उद्दार
विजयसहितका तीनजनाले आइतबार राति साढे नौ बजे केरावारी–९ की १९ बर्षीया मालती राई (नाम परिवर्तन) लाई स्थानीय जंगलमा बलत्का गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट गस्तीमा रहेको टोलीले फेला पारी उद्दार गरेको थियो । बलत्कारमा संलग्न दुई जना फरार रहेका छन् । उनीहरुको खोजतलास जारी रहेको छ । पीडित मालतीको प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे उपचार भएको छ । केही दिन अघि पनि मोरङ जिल्लामा दलित महिलालाई बलत्कार गर्ने प्रयास गर्ने कथित माथिल्लो जातका व्यक्तिको उस्काहटमा पीडित महिलालाई नै कालो मोसो र जुत्ताको माला लगाईएको थियो । 

0 comments
Write Down Your Responses