भक्तपुर बर्डफ्लु सङ्कटग्रस्त क्षेत्र घोषणा
३१ साउन, भक्तपुर । सरकारले भक्तपुरलाई बर्डफ्लु सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । बर्डफ्लु नियन्त्रण गर्ने पटक पटकको प्रयास असफल भएपछि सरकारले भक्तपुरलाई विहीवारवाट बर्डफ्लु सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । घोषणासंगै बर्डफ्लु लागेका कुखुरा नष्ट गर्ने काम विहानैवाट सुरु भएको छ । बर्डफ्लु लागेका कुखुरा नष्ट गर्न १० देखि १२ वटा टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले जानकारी दिनुभयो ।
उहाँले सात दिनदेखि १० दिनभित्रमा भक्तपुरमा सबै पंक्षी तथा पक्षीजन्य पदार्थ नष्ट गरिसक्ने बताउनुभयो ।सरकारले विहीवार विहानैदेखि कुखुरासँगै दाना, अण्डा, सूली एकैसाथ नष्ट गरेर निसङ्क्रमण गर्ने, सङ्क्रमित क्षेत्रभित्र पंक्षी र पंक्षीजन्य पदार्थको बिक्री वितरण र ओसारपसारमा प्रतिबन्ध लगाएको छ । सरकारले भक्तपुरको मूलपानी, गोठाटार र पेप्सीकोला क्षेत्र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व मनोहरा किनारको बस्ती, पूर्वमा भक्तपुर तथा काभ्रे जिल्लाको सीमावर्ती जङ्गल डाँडा, उत्तरमा भक्तपुर जिल्लाको नगरकोट डाँडाको वन सिमाना र दक्षिणमा नंखेल, गुण्डु डाँडाभित्रको क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिका संयोजक हिमनाथ दवाडीको संयोजकत्वमा बुधवार बसेको बैठकले सरकारको निर्णयलाई विहीवारदेखि नै कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
|
0 comments
Write Down Your Responses