पक्राउ पर्ने कर्मचारीको संख्या बढ्पछि अख्तियारको हिरासत भरियो, बढी भएका सिंहदरबार र हनुमानढोकामा

६ भदौ, काठमाण्डौं । भ्रष्टाचारको आरोपमा धमाधम कर्मचारीहरुलाई पक्राउ गर्न थालेपछि अख्तियारको थुनुवा-कक्ष भरिएको छ । अख्तियारको थुनुवा-कक्षमा नअटेपछि आरोपीलाई महानगरीय प्रहरी परिसर हनुमानढोका र वृत्त सिंहदरबार पठाइएको छ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक रामेश्वर यादबसहित विभिन्न निकायका ३७ कर्मचारी अहिले अख्तियारको नियन्त्रणमा छन् । जसमा प्राधिकरणका कर्मचारी र ठेकेदार गरी २४ जना, अध्यागमन विभागका पाँचजना, वैदेशिक रोजगार विभागका ६ जना र भन्सार विभागका दुईजना छन् । मंगलबार पक्राउ परेका प्राधिकरणका प्रवन्ध-निर्देशक यादबसहित १० जना उच्चपदस्थ कर्मचारीलाई अख्तियराले महानगरीय प्रहरी प्रहरी वृत्त सिंहदरबारमा पठाएको छ । त्यसअघि नै अख्तियारको थुनुवा-कक्ष भरिएको छ । अख्तियारको प्रहरी महाशाखाअन्तर्गत रहेको थुनुवा-कक्षको जम्मा क्षमता १४ जना मात्रै रहेको नयाँ पत्रिकामा खबर छ । ‘अख्तियारको थुनुवा-कक्षमा नअटेपछि केहीलाई हनुमानढोका र केहीलाई सिंहदरबार थुनामा पठाइएको छ,’ अख्तियारका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले भने । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.