द्वन्द्वकालीन मुद्दा ब्युँताए विद्रोह हुन्छ : प्रचण्ड

५ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन मुद्दा ब्युँताउन खोजिए विद्रोह गर्ने चेतावनी दिनु भएको छ । बुधबार योङ कम्युनिस्ट लिग नेवाः राज्य समितिले आयोजना गरेको युवा प्रवेश तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले भन्नुभयो-’द्वन्द्वकालीन मुद्दा ब्युँताउने र लोकपि्रय उम्मेदवारलाई निर्वाचनमा भाग लिन नदिने षड्यन्त्र भयो भने विद्रोह हुन्छ ।’ माओवादीका लोकपि्रय उम्मेदवारलाई निर्वाचनमा भाग लिन नदिने षड्यन्त्र अनुसार द्वन्द्वकालीन मुद्दालाई ब्यूताउन खोजिएको उहाँको आरोप छ । प्रचण्डले सत्य निरुपणसम्वन्धी आयोगमार्फत टुङ्ग्याउनुपर्ने द्वन्द्वकालीन मुद्दालाई परम्परागत ढङ्गले कारबाही गर्न खोजिए स्वीकार्य नहुने बताउनु भयो । उहाँले यस पटकको निर्वाचनमा अग्रगामी शक्तिलाई दुई तिहाइ मत दिलाउने गरी तयारी गर्न युवालाई निर्देशन दिनुभयो । एमाओवादीका नेता डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाहरु ब्युँताइए एमाओवादी हातमा दही जमाएर नबस्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो-’त्यस्ता मुद्दामा एकजना मात्रै नेता तथा कार्यकर्ता पक्राउ परे परिस्थिति फरक ढङ्गले अगाडि बढ्ने छ ।’ उहाँले निर्वाचन सफल पार्न वाइसिएलले विगतमा जस्तै विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । एमाओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाशले असन्तुष्ट दलहरुलाई निर्वाचनमा आउने वातावरण तयार गर्न आफूहरु लागिरहेको बताउनुभयो । युवा इन्चार्ज वर्षमान पुनले विभिन्न मत सर्वेक्षणको नाममा एमाओवादीलाई कमजोर देखाउन खोजिएको बताउँदै त्यसलाई स्याल हुइँयाको संज्ञा दिनुभयो । संविधानसभाको निर्वाचन हुन नदिई जनताको अधिकार छिन्न खोजिए प्रतिरोध गर्न वाइसिएल तम्तयार रहनुपर्ने उहाँको भनाइ थियो । भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.