मंगलग्रहमै बस्न चाहान्छन् चार नेपाली

‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो उक्तिलाई आत्मसात् गरी चारजना नेपाली युवाले मंगलग्रहमा पुग्ने सपना साँचेका छन् । उनीहरुले यो सपना साँचेको भने होइनन् । मार्स वान नामको संस्थाको छनोट परे उनीहर साँच्चिकै रातो ग्रहमा पुग्नेछन् । तर, उनीहरु त्यहाँबाट र्फकन भने पाउने छैनन् । मार्स वान नामको सो परियोजनाका लागि हालसम्म १ लाखभन्दा बढीले आवेदन भरेकामा चारजना नेपाली छन् । नेपालका समिर न्यौपाने, प्रकाश सुवेदी, अनिल पोख्रेल र केशव पाध्येले रातो ग्रहमा जान निःशुल्क एकतर्फी टिकटका लागि आवेदन दिएका हुन् । मार्स वानले सन २०२२ सम्ममा मंगलमा मानिस पठाइसक्ने बताएको छ । सानैदेखि स्टार ट्रेक र स्टार वान हेरेर हुर्किएका २१ बर्षका समीर न्यौपानेले मार्स वानलाई दिएको भिडियो आवेदनमा आफूले सधैं ताराहरुमा गएको सपना देख्ने गरेको बताएका छन् । उनले भने ‘मंगलग्रहमा जानका लागि म जे पनि गर्न सक्छु, कृपया मलाई मौका दिनुहोस् ।’ पर्यटन क्षेत्रमा काम गर्ने ३१ बर्षका केशव पाध्येले आफूलाई चुनौती मन पर्ने र नयाँ कुरा हेर्न र अनुभव गर्न मन पर्ने बताए ! भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.