वीर अस्पतालको क्यान्टिनमा निषेधित कुखुराका अन्डा र मासुका परिकार
४ भदौ, काठमाण्डौं । उपत्यकाका तीनवटै
जिल्ला बर्डफ्लुको उच्च जोखिम रहेका बेला सरकारले भक्तपुर र काठमाण्डौंलाई
संकटग्रस्त क्षेत्र घोषणा गरी कुखुरा तथा पक्षीजन्य वस्तु बिक्रीवितरणमा
रोक लगाएको छ । तर रोगको उपचार गर्न पुगिने अस्पतालका क्यान्टिनमा भने
निस्पिmक्री रुपमा कुखुराका अन्डा बिक्री भइरहेको छ ।

अन्य अस्पतालको तुलनामा बिरामीको बढी चाप
हुने देशकै पुरानो वीर अस्पतालको क्यान्टिनमा त अन्डा मात्र होइन, कुखुराको
मासुका परिकारसमेत फेला परेको छ । उपत्यकाका विभिन्न नाम चलेका अस्पताल
वीर, टिचिङ, प्रसुतिगृह, पाटन, नर्भिक, अल्का, बिएन्डबी, काठमाण्डौं मोडल,
काठमाण्डौं मेडिकल कलेज, निजामती र कान्तिका क्यान्टिनमा गरिएको निरिक्षणका
क्रममा सो तथ्य फेला परेको हो । निरिक्षण गरिएका सबै अस्पतालका क्यान्टिन र
अस्पतालका आसपासका रेस्टुरेन्टमा अन्डाका परिकार बिक्री गरिरहेको पाइएको
हो ।
![]() |
0 comments
Write Down Your Responses