अमेरिकामा कार दुर्घटनामा एक नेपालीको मृत्‍यु


न्यु म्याक्सिको - गत बुधबार अमेरिकाको टेक्सास स्टेटको भ्यान हर्न सिटीमा कार दुर्घटना हुँदा पाल्पाकी गीता बस्ताकोटी न्यौपानेको घटनास्थलमै मृत्‍यु भएको छ। न्यू मेक्सिको स्टेटबाट टेक्सास स्टेट बसाई सर्ने क्रममा आफैले चलाएको कार अनियन्त्रित हुँदा दुर्घटना भएको थियो। कारमा यात्रा गरिरहेका उनका पति डिसोज न्यौपाने र भतिज प्रशान्त बश्याल सामान्य उपचारपछि घर फर्किएका छन् भने २ वर्षका छोरा गौरव न्यौपाने सकुसल रहेका छन्। घटनापछि अमेरिकाको लस क्रुसेस मा रहेको नेपाली समाज पुरै शोकाकुल छ| न्यू मेक्सिको स्टेट युनिभर्सिटीको नेपाली बिध्यार्थी संगठन नेपलिज स्टुडेन्ट एसोसिएसनले अन्तिम संस्कारका लागि आर्थिक सहयोगको अपील गरेको छ। इच्छुक महानुभावले गई आर्थिक सहयोग गर्न सकिने कुरा संस्थाका सचिब ॠषि सापकोटाले नागरिकन्युज लाइ जानकारी गराए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.