दार्चुलाका एक व्यक्ति मृत भेटिए


२६ साउन, काठमाण्डौ । दार्चुलाका एक व्यक्ति मृत अबस्थामा फेला परेका छन् । बाढीपीडितको समस्याबारे सरकार मौन बसेको भन्दै सरकारको ध्यानाकर्षण गराउन काठमाण्डौ आएका दार्चुला खलंगा-२ का देवसिंह कार्की शनिवार विहान सुन्धाराको एक गेष्टहाउसमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । कार्की बाढीपीडितका समस्यावारे सरकारलाई ध्यानाकर्षण गराउन बाढीपीडितको टोलीसंगै काठमाण्डौ आएका थिए । कार्की खानेपानी तथा सरसफाई सवडिभिजन दार्चुलामा प्राविधकको रुपमा कार्यरत थिए । घटना रहस्यमय भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.