द्वन्द्वपीडितको लाखौं रकम दलका कार्यकर्ताले बाँडीचुडी खाए

२१ साउन, बाँके । सरकारले बाँकेका द्वन्द्वपीडितका लागि छुट्टयाएको झन्डै ४१ लाख रुपैयाँ स्थानीय राजनीीतक दलका कार्यकर्ताले बाँडेर खाएका छन् ।

शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले कृषि विकास कार्यक्रमअन्तर्गत द्वन्द्वपीडित विशेष कार्यक्रम सञ्चालन गर्न २०६८ सालमा उक्त रकम उपलब्ध गराएको थियो । उक्त रकम वास्तविक द्वन्द्वपीडितका हातमा नपुगी दलका कार्यकर्ताले हिनामिना गरेका हुन् ।

खासगरी निर्वाचन क्षेत्र नम्बर १ र ४ मा एमाओवादी निकट नेताकार्यकर्ताले उक्त रकम लिएको पाइएको छ भने क्षेत्र नम्बर २ र ३ मा मधेसवादी तथा अन्य दलका कार्यकर्ताले रकम दुरुपयोग गरेको पाइएको छ । स्थानीय द्वन्द्वपीडित समितिमा रहेका पदाधिकारी र केही पहुँचवाल कार्यकर्ताले आफ्ना घर तथा छिमेकमा भएका गाइभैंसी तथा अन्य पशु चौपाया खरिद गरेको नक्कली कागज बनाएर रकम असुलेका हुन् ।

न्यायका लागि द्वन्द्वपीडित समाजकी अध्यक्ष चन्द्रकला उप्रेतीले भनिन्,’द्वन्द्वपीडितका नाममा आएको रकम हातमा नपर्नु दुभाग्र्य हो ।’ उप्रेतीका पति द्वन्द्वका क्रममा मारिएका थिए । ‘मलाई यो रक दिएको छैन्,’ उनले भनिन् ।

द्वन्द्वपीडित तथा एक महिला समूह बाँकेकी सचिव एकमाया विकले क्षेत्र नम्बर ४ मा एमाओवादी कार्यकर्ताले मात्र रकम बाँडेर खाएको बताइन् । उनले भनिन्,’खै त वास्तविक द्वन्द्वपीडितले पाएको ? माओवादीका पहुँचवालाले बाँडेर खाए । त्यो पनि कसैले खोरको बाख्रा देखाएर त कसैले गोठका गाइभैंसी देखाएर ।’

बाँकेको शान्ति समितिका सचिव ताराबहादुर खत्रीले धेरै द्वन्द्वपीडितले रकम नपाएको गुनासो गरेको बताए । उनले भने,’कतिपय त रुदैँ पनि आए । यो कार्यक्रम हामीमार्फत आएको होइन, कृषिबाट आएको भनेर हामीले सम्झाउने कोसिस पनि गर्‍यौं ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.