लडाकूको नाममा सकियो २० अर्ब


२६ साउन, काठमाण्डौ । माओवादी लडाकू समायोजन गरी सक्दासम्म राज्यकोषवाट झन्डै २० अर्ब रुपैयाँ खर्च भएको पाइएको छ । शिविरमा राखेर नेपाली सेनामा समायोजन हुँदासम्म १९ अर्ब ७१ करोड ५२ लाख ६८ हजार ३ सय ९३ रुपैयाँ खर्च भएको पाइएको हो । शान्ति तथा पुनर्निर्माण मन्त्रालयले जनाएअनुसार शिविर व्यवस्थापन, शान्ति कोष र विशेष समितिको सचिवालयवाट सो रकम खर्च भएको हो । शिविर व्यवस्थापन कार्यालयवाट ९ अर्ब ७९ करोड ६८ लाख ८० हजार २ सय ९७ रुपैयाँ खर्च भएको छ । यसैगरी शान्ति कोषवाट लडाकूको भरणपोषण बाहेक १ अर्ब ५४ करोड ४८ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । यस्तै विशेष समितिको सचिवालयवाट ८ अर्ब ३७ करोड ३५ लाख ७३ हजार ९६ रुपैयाँ खर्च चएको हो । माओवादी लडाकूको भरणपोषण, भत्ता, र स्वैच्छिक अबकाशमा जाने लडाकूलाई विदाई गर्दा लागेको खर्चसहित १७ अर्ब २७ करोड ८ लाख ६१ हजार ८ सय ४ रुपैयाँ खर्च भएको शान्ति मन्त्रालयको तथ्यांकमा उल्लेख छ । आजको राजधानी दैनिकले समाचार छापेको छ । ५ मंसिर २०६३ को विस्तृत शान्ति सम्झौतापछि २० चैत २०६९ सम्ममा माओवादी लडाकूको व्यवस्थापनसम्बन्धि कार्यका लागि रकम खर्च भएको हो । पूर्वाधार विकास, अन्य र नेता कृष्णबहादुर महराले लिएको पेस्की रकम गरी कुल १ अर्ब ५७ लाख ८० हजार ७ सय ८४ रुपैयाँ खर्च भएको छ । जसको विलभर्पाइ नै नरहेको पाइएको छ । लडाकूको रकममा ४ अर्ब अनियमितता नै भएको भन्दै अख्तियार दुरुयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.